ओखरका बिरुवा वितरण
64x64
२०७९ माघ २५ बुधबार प्रेसपालिका संवाददाता
564 Views

रुकुम पश्चिम २५, माघ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर -१, ले वडाका किसानहरुलाई दाते ओखरका बिरुवा वितरण गरेको छ । संघीय सरकारको अनुदान र त्रिवेणी गाउँपालिका कृषि शाखाको प्राविधिक सहायतामा किसानलाई ओखरका बिरुवा वितरण गरिएको हो ।

पालिकाका ४ वटा वडाहरुमा ओखर पकेट क्षेत्र निमार्ण गर्ने उद्देश्यका साथ ओखरका वेर्ना वितरण गरिएको गाउँपालिकाले बताएको छ । किसानको ५० प्रतिशत लगानी र सरकारको ५० प्रतिशत लगानी अन्तर्गत संघीय सरकारको १२ लाख लगानी र किसानको १२ लाख लगानीमा त्रिवेणी गाउँपालिकाका ४ वडामा दाते ओखरका बिरुवा वितरण भैरहेको  वडानम्बर -१, का वडा अध्यक्ष सुन्दर ओलीले जानकारी दिनुभयो ।

जसअन्तरगत त्रिवेणी गाउँपालिका वडानम्बर -१, मा सरकारको ३ लाख र किसानहरुको ३ लाख लगानीमा किसानको मागका आधारमा साना किसान सहकारी संस्था मार्फत २४ घरधुरी किसानलाई स्थानीय जातका ६ सय दाते ओखरका बिरुवा वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News