१ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
64x64
२०७९ माघ ०२ सोमबार प्रेसपालिका संवाददाता
299 Views

रुकुम पश्चिम २,माघ
रुकुम पश्चिमको सानीभेरी गाउपालिका वडा नम्बर ११ काफलबोटमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अर्मा स्वास्थ्य चौकीको समन्वय तथा मानव बिकास तथा सामुदायिक सेवा अन्र्तगत मातृशिसु तथा बाल स्वास्थ्य प्रबद्धन परियोजना र चौरजहारी अस्पतालको आयोजनमा शिविर सम्पन्न भएको हो ।

शिविरबाट ७ सय ६५ जनाले निशुल्क स्वास्थ्य सेवा लिएको बतएको छ । शिविरमा रक्त समूह परीक्षण १ सय ६० जना¸ भिडियो एक्सरे २ सय ४५ जना¸ गर्भवती चेकजाँच ५२ जना¸पाठेघर खसेका १६ जना र अन्य स्वास्थ्य परीक्षण २ सय ९२ जना गरी जम्मा ७ सय ६५ जनाले सेवा लिएको मानव बिकास तथा सामुदायिक सेवा अन्र्तगत मातृशिसु तथा बाल स्वास्थ्य प्रबद्धन परियोजनाका परियोजना अधिकृत गोपाल तिमल्सिनाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा थप उपचार गर्नुपर्ने बिरामीलाई चौरजहारी अस्पतालमा उपचार गर्ने सल्लाह दिइएको र १६ जना पाठेघर खसेका महिलाहरुलाई थप उपचारको लागि वडा कार्यालय र गाउँपालिकाको समन्वयमा विषेशज्ञ डाक्टर सहितको टोली बोलाएर उपचार गरिने सानीभेरी गाउपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भुपालसिं वलीले बताउनु भयो ।
सानीभेरी गाउँपालिका अध्यक्ष विर्ख बहादुर विष्टले उद्धघाटन गर्नुभएको शिविरमा विषेशज्ञ डाक्टरहरु आषिश अधिकारी,सुमन राई,प्रवेश रेग्मी लगाएतको टोलीले सेवा दिएको बत्ताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |