उत्पादन बढ्दा पनि सुन्तला किसान घाटामा
64x64
२०७९ पुष २६ मंगलबार प्रेसपालिका संवाददाता
263 Views

रुकुम पश्चिम २६, पुस ।
रुकुम पश्चिममा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपनि सुन्तला किसानले घाटा व्यहोरेका छन् । स्थानीय बजारीकरण र निर्यातमा मुख्य समस्या हुँदा सुन्तला किसानले घाटा व्यहोरेका हुन् ।

विगत केही वर्ष देखि सुन्तला उत्पादनमा गिरावट हुँदा मर्कामा परेका किसानले उत्पादन बढ्दा पनि घाटा भएको बताएका छन् । यसपटक जिल्लाका सुन्तला किसानले बोटमै प्रति किलोग्राम २५ रुपैयाँका दरले सुन्तला बिक्री गर्न बाध्य भएका छन् । यसबाट उत्पादनले उचित बजार नपाउँदा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान चिन्तित बनेका छन् । तर अहिले सुन्तलाको सिजन चलिरहेकाले मुसिकोट बजारमा प्रतिकिलोग्राम ५० देखि ६० रुपैयाँका दरले सुन्तला बिक्री हुने गरेको छ । बजार सम्म पुगेर सुन्तला बिक्री गर्ने केही किसानले भने सामान्यतया दुख अनुसार लगानी उठेको बताएका छन् ।

कृषि विकास कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लामा वार्षिक ४ सय मेट्रीकटन सुन्तला उत्पादन हुने गरेको छ । कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले समेत यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको बताउनुभएको छ । तर जिल्लामा कति प्रतिशत सुन्तला उत्पादन भयो भन्ने एकिन तथ्यांक संकलन नभएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |