
रुकुम पश्चिम २२, पुस । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागी ह्विलचियर वितरण गरिएको छ । चौरजहारी नगरपालिका र मानव बिकास तथा सामुदायिक सेवा आशा बाल बिकास सेवा सिबिआरको समन्वयमा ह्विलचियर वितरण गरिएको हो ।
नगरका ५ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरिएको नगरपालिकाले बत्ताएको छ ।
कार्यक्रममा चौरजहारी नगरपालिका उपप्रमुख ईश्वरी शर्मा बिएम, मानव बिकास तथा सामुदायिक सेवा आशा बाल बिकास सेवाका संयोजक तुलसा शर्मा, चौरजहारी अस्पताल प्रमुख डिल बहादुर गिरी लगायतको उपस्थिति रहेको थियो ।
यस अघि पनि सिबिआरले ४ सय ३६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई होम भिजिट मार्फत परामर्श फिजियोथेरापी सेवा, स्वास्थ्य शिबिर संचालन, व्यावसायिक तालिम संचालन, सहायक सामग्री बितरण, रेडियो कार्यक्रम अपाङ्गता आवाज संचालन लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
