कृषक संवाद कार्यक्रम सम्पन्न
64x64
२०७९ पुष २२ शुक्रबार प्रेसपालिका संवाददाता
264 Views

रुकुम पश्चिम २२, पुस ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सरोकारवाला संग समन्वय तथा कृषक संवाद कार्यक्रम सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

मुसिकोट नगरपालिका -५ को सहिद प्रतिष्ठान हल सेरीगाऊमा भएको कार्यक्रममा कृषकहरुले भोग्दै आएको विविध समस्याको सवालमा संवाद भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले बताएको छ । किसानहरूले बजारीकरणको समस्या सङ्गै कृषि अनुदानमा समानुपातिक वितरण नभएको, कृषि बिमा झन्झटिलो प्रक्रिया भएको लगायत समस्या राखेका थिए । सरोकारवाला निकायले भने किसानले उठाएका समस्याको हल गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ऊप-प्रमुख बिमल कुमार पुन, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी प्रमुख बिष्णु प्रसाद सोती लगायत बिषयगत कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार महेश केसीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |