सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु
64x64
२०७९ मंसिर ०६ मंगलबार प्रेसपालिका संवाददाता
247 Views

सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार  विहान काठमाडौं फर्कदै थिए ।

५ः३० बजेको समयमा  राप्ती नगरपालिका  ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार  बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।माइक्रोमा सवार  चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार  गरिएको थियो ।

३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने  पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ ।

चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
8 months ago

canada pharmacies online https://pudbiascan.strikingly.com/

Valuable tips. Thank you!

Flash News