रुकुम पश्चिममा मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।आठबीसकोट नगरपालिका वडा नम्बर ५, ११ र १३ नम्बर मा मतपत्र च्यात्ने, मतदानमा अवरोध गर्न प्रयास गर्ने तीन जना पक्राउ परेको हुन ।
पक्राउ पर्नेमा युवा संगठनका जिल्ला संयोजक महेश वस्नेत, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हरि पुन र संगठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य राकेश विक रहेका छन् । वस्नेत वडा नम्बर ५ को गोतामकोट, पुन वडा नम्बर १३ को निमावि घेत्मा र विक वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान स्थलबाट पक्राउ परेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।
