रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा जिप दुर्घटना भएको छ । आठबीसकोट नगरपालिका बाट मुसिकोट खलंगा तर्फ आइरहेको लु १ ज १५६१ नम्बरको जिप मुसिकोट २ को सतिपोले डम्पिङ साइट नजिकै आज साँझ ८ः४५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा परि ४ जना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट २ का १५ वर्षिय गोपाल थापा, सोही ठाउँकी ५० वर्षिया कमला बुढा, ३० वर्षिया रमिता थापा र आठबीसकोट ३ का ९ वर्षिय अभिषेक बोहरा रहेका छन् ।
घाइतेहरुकाे हातको, टाउको शरीरका विभिन्न भागमा चोट गहिरो घाउ चाेड लागेकाे प्रहरीले बताएको छ । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।
उकालोमा ब्रेक फेल हुँदा जिप सडकमै पल्टिएको प्रहरीले जनाएको छ । सडकमै पल्टिएकोले ठूलो क्षति हुन नपाएको हो । जिप चालक बाँफिकोट गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षिय ध्रुव केसी र जिप नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।