रुकुम पश्चिम १६, कात्तिक । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट ९ जना घाइते भएका छन् । नगरपालिकाका वडानम्बर -४, ६ र १० का ९ जनालाई स्यालले टोकेको हो ।
स्यालको टोकाइबाट वडानम्बर -४ का ओमप्रकाश पाण्डे र एक्कीकुमार बुढाथोकी, वडानम्बर -६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा चक्रबहादुर महतारा र सविता गौतम रहेका छन । त्यस्तै मुसिकोट -१० का भुपेन्द्र बुढा रहनुभएको छ ।
घाइते मध्ये एक्कीकुमारीलाई स्यालले १४ गते साँझ टोकेको हो भने वडानम्बर -१० का भूपेन्द्र बुढालाई सदमुकामबाट फर्कदै गर्दा बाईकमा १५ गते मंगलबार साँझ टोकेको र अन्यलाई पनि १५ गते मगलबार साझ घरमै काम गर्दा ,घास काटेर फर्कदै गर्दा टोकेको स्थानीय कल्पना पुनले जानकारी दिनुभयो । वडाका ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजा लगायतका ठाउँमा स्यालको विगविगी बढेको छ ।
घाइते मध्य एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनिहरुलाई रेविज विरुद्धको खोप दिइएको छ । स्याललाई नियन्त्रणमा लिन सकिएको छैन् ।