रुकुम पश्चिम ६, कात्तिक ।
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाईंदैछ । यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर काग तिहार ममाईंदैछ ।
काग तिहारदेखि नै नेपालीको दोस्रो महान चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथि घटबढका कारण हिजोदेखि नै यमपञ्चक शुरु भएको छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा-मीठा खान दिई खुशी पार्ने गरिन्छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।