कखरा अनलाइन तेस्रो वर्षमा प्रवेश
64x64
२०७९ कार्तिक ०२ बुधबार प्रेसपालिका संवाददाता
225 Views

रुकुम पश्चिमकाे एम.पि.सी मिडिया प्रा.लि.द्धारा संचालित कखरा डट कम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल कार्तिक १ गतेबाट संचालनमा आएको कखरा डट कम ले आजबाट प्रकाशनको तेस्रो वर्षमा पाइला टेकेको हो ।

दोस्रो वार्षिकोत्सवको अवसरमा अनलाइनले सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा धन्यवाद ज्ञापन गरेको छ । सबैको साथ र सहयोगले यो अवस्थामा आइपुगेको भन्दै आगामी दिनमा समेत साथ सहयोगका लागि सबैलाई आग्रह गरिएको छ ।

अनलाइनले समाजका हरेक गतिविधिमा निगरानी गरिरहेको बताएको छ । संचालक एम.पि.सी. मिडिया प्रा.लि.का अध्यक्ष धनबहादुर खड्काले समाजलाई सूक्ष्म रुपमा अध्यन गरिरहेको र सोही अनुसार कखरा डट कम ले खबरदारी र प्रात्साहनलाई निरन्तरता दिएको बताउनुभयो ।

खड्काले जारी गरेको प्रकाशकीयमा समाजका हरेक सकारात्मक, नकारात्मक गतिविधिमा हाम्रो प्रत्यक्ष निगरानी छ, राम्रा पक्षलाई थप प्रोत्साहन र समाजलाई हानि गर्ने हरेक घटनामा हाम्रो निरन्तर खबरदारी र निगरानी रहिरहने छ । अनियमितता, भ्रष्टाचार, वेतिथि, कुसंस्कार, कुरिति, अन्धविश्वासका विरुद्ध र समाज विकासको हितमा हाम्रो कलम चलिरहेको छ र चलिनै रहने छ, भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News