मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन
64x64
२०७९ असोज ०८ शनिबार प्रेसपालिका संवाददाता
222 Views

रुकुम पश्चिम ८,असोज ।
रुकुम पश्चिमको मुसिकोटमा आज राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन भएको छ । वडानम्बर १, को बागबजारबाट बैंकिङ सेवा दिने गरि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन भएको हो ।

बैंकका संचालक दिलिप कुमार ढुंगाना र कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले रिबन काटेर शाखाको उद्घाटन गर्नुभएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बाणिज्य बैंकले २ सय ६२ औं शाखाको रुपमा मुसिकोट शाखा कार्यालयको सुरुवात गरेको छ ।

शाखा उद्घाटन लगत्तै प्रभात फेरि गरेर सेरीगाउँ स्थित सहिद स्मृति प्रतिष्ठानमा औपचारिक समुद्घाटन कार्यक्रम समेत गरिएको छ । सो कार्यक्रममा बैंकका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले दिने सेवा र सुविधाको विषयमा आफ्नो भनाइ राख्नुभएको छ ।

७ वटै प्रदेश र देशका ७० जिल्लामा शाखा कार्यालय रहेको राष्ट्रिय वाणिज्य बैंक २०२२ साल माघ १० गते स्थापना भएको हो । हाल १६ लाख बढी मोबाइल बैंकिङ सेवाग्राही रहेको यस बैंक सेवा सुबिधाका रुपमा अन्य बैंक भन्दा राम्रो र भरपर्दो रहेको बताईएको छ ।

समुद्घाटन कार्यक्रमको अध्यक्षता बाणिज्य बैंकका कर्णाली प्रदेश उपप्रमुख केशवराज खनालले गर्नुभएको थियो । बैंकका संचालक दिलिप कुमार ढुंगाना र कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको बताईएको छ ।

राष्ट्रिय वाणिज्य बैंक मुसिकोट शाखा प्रमुखमा भने मुन बहादुर बुढा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |