सानिभेरी नदिमा पुरुष बेपत्ता
64x64
२०७९ असोज ०७ शुक्रबार प्रेसपालिका संवाददाता
635 Views

बिक्रम परियार । रुकुम पूर्व
उत्तरगंगा नदी र रुकुमगाड नदीको बहावमा मिसीएर बग्ने सानिभेरी नदिमा बगेर एक पुरुष बेपत्ता भएका छन । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका ८ चारगाउँका ६५ वर्षिय मन बहादुर मल्ल बेपत्ता भएका हुन । हिजो बिहिबार विहान माछा मार्न गएका मल्ल साझसम्म पनि घर नफर्के पछि खोजि कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहिबार बिहान ७ बजेतिर मल्ल माछा मार्ने सामाग्री सहित सानीभेरी नदि किनार तिर गएका थिए ।
प्रहरीले आज शुक्रबार बिहान मल्ल बेपत्ता भएको खबर पाएको थियो । उक्त खबर पाए लगतै इलाका प्रहरी कार्यालय प्वाङ र प्रहरी चौकी जाङको संयुक्त टोलिले खोजि कार्य तिव्र पारेको छ भने खोजि कार्यमा उनका आफन्तले प्रहरीलाई साथ दिइ रहेका छन । मल्लको खोजि गर्दै जादा उनले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका २ स्थित तिप्ताराको नदि किनारमा फेला परेको स्थानिय अनजान ठकुरीले जानकारी दिनुभएको छ । अहिले उनको खोजि भइरहेको छ । अप्ठयारो भूगोल, नदिमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजि कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |