कानुनी सहायता सेवा सम्बन्धी तालिम
64x64
२०७९ असोज ०४ मंगलबार प्रेसपालिका संवाददाता
306 Views

रुकुम पश्चिम ४, असोज ।
रुकुम पश्चिमको मुसिकोटमा आजदेखि अधिवक्ता तथा पत्रकारका लागि २ दिने कानुनी सहायता सेवा सम्बन्धी तालिम सुरु भएको छ । नेपाल सरकार र यु. एन. डी. पी. को सहयोगमा मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसको आयोजनामा तालिम सुरु भएको हो ।

हरप्लेसका जिल्ला कार्यक्रम अधिकृत माया बोहराले कानुनी सहायता सेवा मार्फत मानव अधिकार, कानुन र स्वच्छ न्याय सम्पादनमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको बताउनुभएको छ ।

तालिमको सहजीकरण अधिवक्ता मिलन श्रेष्ठले गर्नुभएको छ । उहाँले तालिममा सहभागीलाई न्याय निरुपणका कानुनी शब्दावली र कानुनका सर्वमान्य सिद्धान्त, स्थानीय तहको न्यायीक पहुँच, निशुल्क कानुनी सेवा तथा मेलमिलाप सम्बन्धी तालिम दिइने बताइएको छ ।

तालिममा जिल्ला स्थित पत्रकार, अधिवक्ता, सरकारी वकिल, अदालत, प्रशासन तथा प्रहरी कार्यालयका मुद्दा तथा उजुरी फाँटमा कार्यरत कर्मचारी लगायत २० जनाको उपस्थिति रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |