नगरका शिक्षक/शिक्षिकालाई आँखा स्वास्थ्य शिक्षा तालिम
64x64
२०७९ भाद्र २७ सोमबार प्रेसपालिका संवाददाता
328 Views

रुकुम पश्चिम २७, भदौ ।
रुकुम पश्चिमको चौरहजारी नगरपालिकाका शिक्षक/शिक्षिकालाई आँखा स्वास्थ्य शिक्षा सम्बन्धी तालिम दिईएको छ । नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकालाई आँखा स्वास्थ्य शिक्षा सम्बन्धी तालिम दिईएको हो ।

एन.ए.वि.पि. नर्वेको आर्थिक सहयोग तथा चौरजहारी नगरपालिकाको समन्वयमा राप्ती आँखा अस्पताल तुलसीपुरले शिक्षकलाई तालिम दिएको आँखा उपचार केन्द्रका प्रमुख धनबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखामा दृष्टि दोषका कारणले बाल अन्धोपनको समस्या नहोस भन्ने उदेश्यले तालिम आयोजना गरिएको हो ।

तालिमको सहजीकरण राप्ती आँखा अस्पताल तुलसीपुरका बाह्य कार्यक्रम संयोजक नेत्र अधिकृत शालिग्राम गौतम र आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर खत्रीले गर्नुभएको थियो ।

सो आँखा स्वास्थ्य शिक्षा सम्बन्धी तालिम नगरका ३७ विद्यालयका ४२ जना शिक्षकले लिएको बताईएको छ । राप्ती आँखा अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |