बाल सञ्जाल पोखराले राख्यो बाल दिबस लक्षित कार्यक्रम
64x64
२०७९ भाद्र २७ सोमबार प्रेसपालिका संवाददाता
269 Views

जमुना गौतम, रुकुम पूर्व २७, भदौ ।
रुकुम पूर्वमा रहेको बाल सञ्जाल पोखराले बाल दिबसको अबसरमा भदौ २९ गते बाल दिवस लक्षित कार्यक्रमको आयोजना गर्ने भएको छ । आज बसेको बाल सञ्जालको बैठकले विविध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

सञ्जालको बैठकले हिसाब दौड, कविता, ८ सय मिटर दौड, एकल नृत्य र वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको बाल सञ्जालका अध्यक्ष अम्मर खत्रीले जानकारी दिनुभएको छ । सो कार्यक्रमका लागि वडा अध्यक्ष हेराम खड्का र समाजसेवी गोपिराम खड्काले बाल सञ्जाललाई सहयोग गर्नुभएको छ । बाल सञ्जाल पोखराले बाल दिबसलाई भब्य रुपमा मनाउनका लागि सबै विद्यालयलाई आह्वान गरिएको अध्यक्ष खत्रीको भनाई छ ।

सञ्जालका अध्यक्ष अमर खत्रीको अध्यक्षतामा आज बसेको बैठकमा वडा अध्यक्ष हेराम खड्का जिल्ला समन्वय समिति रुकुम पूर्वका सदस्य लालजित बुढा मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बाल सञ्जालका सदस्य नवीन खत्रीले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News