नगर स्तरीय वार्षिक समिक्षा गोष्ठी
64x64
२०७९ भाद्र २७ सोमबार प्रेसपालिका संवाददाता
544 Views

रुकुम पश्चिम २७, भदौ ।
रुकुक पश्चिमको चौरजहारी नगरपालिकामा नगर स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरिएको छ । सामाजिक विकास शाखा अन्तर्गत अर्थिक बर्ष ७८/७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमको नगर स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरिएको हो ।

समिक्षा गोष्ठीले स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता सहितका निर्णय पारित गरिएको स्वास्थ शाखा चाैरजहारी नगरपालिकाको भनाइ छ । गोष्ठीबाट स्वास्थ्यका विभिन्न सूचकको आधारमा मुल्यांकन गरि चौरजहारीको सहिद स्मृति नगर अस्पताललाई समेत उत्कृष्ट स्वास्थ्य संस्था छ्नोट गरेर प्रशंसापत्र तथा सम्मान गरिएको छ ।

त्यस्तै जिल्ला स्तरीय समिक्षामा उत्कृष्ट स्थानीय तह चौरजहारी नगरपालिकालाई सम्मान तथा कदरप्रत्र प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News