आयआर्जनको माध्यम बन्दै मध्यपहाडी लोकमार्ग
64x64
२०७९ भाद्र २६ आइतबार प्रेसपालिका संवाददाता
311 Views

रुकुम पश्चिम २६, भदौ ।

राष्ट्रिय गौरवको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग रुकुम पश्चिमका स्थानीयको आयआर्जन गर्ने माध्यम बन्दै गएको छ । लोकमार्ग विस्तार संगै सडक छेउछाउका विभिन्न ठाउँमा होटेल तथा रेस्टुरेन्ट सञ्चालनले स्थानीयलाई आयआर्जन गर्न सहज भएको हो ।

रुकुम पश्चिम खण्डमा पर्ने ६८ किलोमिटर लोकमार्गको ९० प्रतिशत कालोपत्रे पश्चात दैनिक सवारी आवागमणले सडक आसपासको व्यापार व्यवसाय फस्टाउन थालेको स्थानीयको भनाई छ । यसबाट गाउँमै सानादेखि ठूला व्यवसाय सञ्चालन गर्न सहज भएको छ । गाउँका किसानले उत्पादन गरेका कृषिजन्य तरकारी तथा फलफूल निर्यातमा पनि सजिलो भएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग सञ्चालनले चौरजहारी, चाईनाबगर, सिम्ली, साँख लगायत विभिन्न ठाउँमा वस्ती विस्तार संगै ठूला व्यवसायले पूर्णता पाएका छन् । लोकमार्ग छेउछाउमा रहेका पर्यटकीय क्षेत्र अवलोकनमा बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । त्यस्तै रुकुम पश्चिम र जाजरकोटबाट चल्ने सवारीसाधन यसै मार्ग भएर भित्रिने तथा बाहिरिने गरेका छन् । देशको राजधानी काठमाडौं सम्म पुग्न मध्यपहाडी लोकमार्गबाट छिटो हुने गरेको यात्रुको भनाइ छ । यस लोकमार्गबाट रुकुम पूर्व, बाग्लुङ, पोखरा हुँदै काठमाडौं पुग्न सकिन्छ ।

रुकुम पश्चिम खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । हाल मुसिकोट नगरपालिका -३, को माछ्मी देखि पिपलनेटा सम्मको सडकखण्डमा कालोपत्रे गर्न बाकी रहेको छ । यो काम पनि तीब्र गतिमा अगाडि बढिरहेको यति विल्डर्स निर्माण कम्पनीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News