कृषकले पाए आधुनिक मौरी घार
64x64
२०७९ भाद्र २५ शनिबार प्रेसपालिका संवाददाता
453 Views

जमुना गौतम
रुकुम पूर्व २५, भदौ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले २२ कृषकलाई आधुनिक मौरी घार वितरण गरेको छ । वडानम्बर -५, को दुदिल्लागैरा र आसपासका बस्तिमा मौरी पालन व्यवसाय सञ्चालन गर्दै आएका कृषकलाई घार वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रमबाट २२ कृषकलाई मौरिका घार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश ओलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार २२ वटा आधुनिक घार सहित दुई महदानी पनि वितरण गरिएको छ ।

मौरीपालन व्यवसाय गर्दै आएका उद्यमीलाई व्यवसाय विस्तार र सक्रियताको आधारमा घार वितरण गरिएको छ । सक्रिय व्यवसायीलाई बढिमा ५ र अन्यलाई क्रमश ३, २, १ गरेर घार वितरण गरिएको ओलीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र ५ नम्बर वडाअध्यक्ष विरेन्द्र बस्नेतले कृषकलाई मौरिका घार र महदानी वितरण गर्नुभएको हो । घार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले निर्वाहमुखि कृषिलाई सुधार गर्दै व्यवसायिकतातर्फ लाग्न कृषकलाई आग्रह गर्नुभएको छ ।

नागरिकको जीवनस्तर बदल्न कृषिमा व्यवसायिकता आवश्यक रहेको बताउँदै अध्यक्ष रेग्मीले मेहनतका साथ व्यवसायमा लाग्न पनि अनुरोध गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्ष गोपाल रेउलेले कृषकलाई व्यवसायिक रुपमा मौरी पालनबाट आयआर्जन वृद्धि गरि जीवनस्तर उकास्न सहयोग पुगोस् भन्ने उद्देश्यले घार र अन्य सामग्री वितरण गरिएको बताउनुभयो ।

उन्नत घार र महदानी वितरण गरिएकोमा दुदिलागैरा र आसपासका बस्तीमा मौरि पालन गर्दै आएका कृषकहरु खुसी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |