जनतासंग जनप्रतिनिधि कार्यक्रम
64x64
२०७९ भाद्र २४ शुक्रबार प्रेसपालिका संवाददाता
234 Views

रुकुम पश्चिम २४, भदौ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडानम्बर -५, ले जनता सङ्ग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । जनताका दु:ख, गुनासा र सल्लाह सुझाव बुझ्न जनप्रतिनिधि कार्यक्रम सुरु गरिएको हो ।

वडा अध्यक्ष खुमबहादुर खड्काका अनुसार जनता सङ्ग जनप्रतिनिधि कार्यक्रम जनताको घरदैलोमा पुगेर वडावासीलाई तत्काल गर्न सकिने सहयोगमा केन्द्रित रहेको छ । यसै जनता सङ्ग जनप्रतिनिधि कार्यक्रमको अभियान अन्तर्गत आज  लहरेसीमल टोलमा १ सय १६ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।

त्यस्तै ५४ जनाको  ब्लड ग्रुप चेक गरिएको वडा अध्यक्ष खड्काले बताउनुभएको छ ।अभियान अन्तर्गत यही २६ गते मल्यासिममा, २७ गते बेतेनीमा र २८ गते खहरेमा कार्यक्रम गर्ने तयारी रहेको छ ।

यहाँको वडाले सुरु गरेको जनता सङ्ग जनप्रतिनिधि कार्यक्रम अभियानलाई चौरजहारी अस्पताल र बिजयश्वरी  स्वास्थ्यचौकीले सहयोग गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News