रुकुम पश्चिम २४, भदौ ।
रुकुम पश्चिममा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडले आज जिल्ला प्रहरी कार्यालयलाई राउन्ड टेबुल हस्तान्तरण गरेको छ । शाखाले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रहरी कार्यालयलाई एकवटा राउन्ड टेबुल हस्तान्तरण गरेको हो ।
महालक्ष्मी विकास बैंक लिमिटेड रुकुम शाखाका शाखा प्रबन्धक खगेन्द्र कुमार बुढाका अनुसार करिब ९५ हजार बराबरको टेबुल हस्तान्तरण गरिएको छ । टेबुल हस्तान्तरण सङ्गै प्रहरी कार्यालयको सभाहल रङ्गरोगन तथा मर्मत समेत गरिएको छ ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मुसिकाेट खलंगामा संचालित सबै बैंकले आफ्ना सामाजिक उत्तरदायित्व सम्बन्धि कार्य यसैगरी गर्न सुझाव दिनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालयलाई बैंकले राउण्ड टेबुल हस्तान्तरण गरेकोमा उहाँले महालक्ष्मी बैंकलाई धन्यबाद दिनुभयाे ।
कार्यक्रममा प्रहरी प्रमुख विष्णुप्रसाद साेतीले पनि बैंकको सो कार्यलाई प्रसंशा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बैंकले प्रदान गरेको टेबुलले कार्यलयकाे दैनिक कार्य संचालन तथा गोष्ठी, सेमिनार, तालिम संचालन लगायत अन्य कार्य गर्न सहज हुने बताउनुभएको छ ।
त्यस्तै बैंकका शाखा प्रबधन्क खगेन्द्रकुमार बुढाका अनुसार बैंकले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समाजप्रतिकाे उत्तरदायित्व बाेध गर्दै प्रहरी कार्यालयलाई टेबुल हस्तान्तरण गरिएको हो ।
महालक्ष्मी बैंकले देशैभर रहेका आफ्ना करिव ५ लाख ग्राहकलाई बैंकका १ सय तीन वटा शाखा कार्यालय र ३४ वटा एटीएम बुथबाट सेवा दिदै आएको छ । बैंकले बित्तीय सेवा सङ्गै आकर्षक प्रतिफल र सुबिधा सहितको महालक्ष्मी बचत वृद्धि खाता तथा महालक्ष्मी महाबचत खाताको सेवा उपलब्ध गराउँदै आएको छ ।
Thank you team press palika for the news coverage.