सवारी आवतजावतमा रोक
64x64
२०७९ भाद्र २३ बिहिबार प्रेसपालिका संवाददाता
254 Views

रुकुम पश्चिम २३, भदौ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जाजरकोट–डोल्पा सडकखण्डको रिम्ना तल्लुबजार सडकमा चल्ने सवारीसाधनमा रोक लगाउने भएको छ । सडक डिभिजन कार्यालय चौरजहारी अन्तरगत छेपारे भिरमा स्तरोन्नती गनुपर्ने भएकाले करिब दुईसाता सम्म सवारीसाधनमा रोक लगाउन लागेको हो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार यहि भदौ २७ गते देखि असोज ८ गते सम्म सवारीसाधनमा रोक लगाईने भएको छ । प्रशासनले बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म सो सडक खण्डमा सवारीसाधन चल्न नदिने गरि सूचना जारी गरेको छ ।

जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने रिम्ना देखि तल्लुबजार सम्मको सडक कालोपत्रेका लागि सडक डिभिजनले केहि दिन अघि छेपारे भिरबाट सडक स्तरोन्नतीको काम सुरु गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News