
रुकुम पूर्व मा रहेको पहिलो सञ्चार माध्यम तथा लोकप्रिय रेडियो, रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज ले आज विदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रम का बिच बिदाई भएर जाने ६ जना को टिम पत्रकार सर्जना कार्की , जितेन्द्र बुढाथोकी , विक्रम परियार , जयमान बुढा , लेखापाल मिना केसी स्टेसन मेनेजर गणेश वली लाई विदाई गरिएको छ ।
त्यस्तै नयाँ आउने हरुमा स्टेसन मेनेजर बसन्त बाठ मगर , प्राविधिक कक्षका सावित्री खत्री र श्रिधर खड्का त्यसैगरि समाचार कक्षामा कविता शाह र अनुज पछाँई लेखापाल मा प्रदिप खड्का को टिमलाई स्वागत गरिएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउले ले अबिरआवरण र खाता ले नयाँ आउनेलाई स्वागत र विदाई भएर जानेहरुलाई विदाई तथा सम्मान गर्नुभएको छ।
कार्यक्रम मा बोल्दै रेडियो सञ्चालक समिति अध्यक्ष लालवहादुर बिष्ट ले काम गर्दै जादा केही तिता मिठा क्षण हरुलाई स्मरण गर्दै भाबुक हुदै विदाई भएर गएपनि सधै हाम्रो टिम संगै हुने बताउनुभएको छ । साथै नयाँ आउने टिमलाई पनि काम गर्न लाई कुनैपनि अप्ठ्यारो को महशुस हुन नदिने पनि पनि बताउनु भएको छ ।
रेडियो स्टेसन मेनेजर बसन्त बाटा मगर को अध्यक्षतामा सुरु भएको कार्यक्रम मा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी को प्रमुख र उपाध्यक्ष गोपाल रेउले को बिशेश आतिथ्यता रहेको थियो त्यसैगरी रेडियो सञ्चालक समिति अध्यक्ष लालवहादुर बिष्ट सञ्चालक समिति सदस्य नमिता बुढा को उपस्थित रहेको कार्यक्रम को स्वागत मन्तव्य उर्मिला गौतमले राख्नु उत्त कार्यक्रमको सहजीकरण जमुना गौतमले गर्नुभएको थियो ।
