तरकारी संकलन केन्द्र अलपत्र
64x64
२०७९ भाद्र १७ शुक्रबार प्रेसपालिका संवाददाता
171 Views

रुकुम पश्चिम १७, भदौ । मुसिकोट नगरपालिका वडानम्बर -५, बागबजारमा निर्माण गरिएको तरकारी संकलन केन्द्र अलपत्र बनेको छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रिका लागि निर्माण गरिएको संकलन केन्द्र अलपत्र बनेको हो ।

संकलन केन्द्र संचालनमा ढिलाइ गरिएको भन्दै पछिल्लो समय खलंगा बजार र आसपासका किसानले दुखेसो पोख्न थालेका छन् । त्रिबेणी गाउँपालिका घर भइ विगत केहि वर्ष देखि मुसिकोट नगरपालिका -४, सोलाबाङमा तरकारी खेती गर्दै आउनुभएका अमरबहादुर घर्तीले यहाँको संकलन केन्द्र संचालन नहुँदा व्यवसायीक किसानले उत्पादन गरेको तरकारी खेर गएको बताउनुभएको छ । यसले मुसिकोट नगरपालिका भित्रका तरकारी किसानलाई निरास बनाएको छ । त्यस्तै हाल यस संकलन केन्द्रको मेसिनरी वाल समेत भासिएको छ । संकलन केन्द्रको भवन प्रयोग विहीन बनेको छ । यसतर्फ मुसिकोट नगरपालिका समेत बेखबर बनेको छ ।

आर्थिक वर्ष ७५/७६ देखि साबिकको कृषि ज्ञान केन्द्र हुँदै कृषि विकास कार्यलयको पहलमा निर्माण गरिएको संकलन केन्द्र हाल मुसिकोट नगरपालिकाको स्वामित्वमा रहेको छ । तर तत्काल संचालनमा भने नगरपालिकाले अहिलेसम्म कुनै अग्रसरता देखाएको छैन । यस तरकारी संकलन केन्द्र निर्माणका लागि ३० लाख बढी रकम खर्च गरिसकिएको छ ।

यदि यहाँको तरकारी संकलन केन्द्र संचालनमा आउन सके मुसिकोटका ५० हजार जनसंख्या लाभान्वित हुने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News