छिपखाेलामा नेटवर्क नहुदा फोन गर्न समस्या ।
64x64
२०७९ भाद्र १६ बिहिबार प्रेसपालिका संवाददाता
269 Views

रुकुम पुर्व को सिस्ने गाउँपालीका २ नम्बर वडा को छिपखोलामा फोन नेटवर्क नहुुँदा फोन गर्न समस्या छ । फोन गर्न उच्च स्थान को खोजी गर्नुपर्छ स्थानीयहरुले बताएका छन् ।
आफु लाई काम पर्दा नेटवर्क दिने ठाउँ मा गएर फोन गर्न सकिन्छ तर अरुले फोन गर्न खोज्दा भने फोन नलाग्ने स्थानीय कुमार बुढाले जनकारि दिए । यहीँ कुरालाई ध्यनमा राखि सिस्ने गाउँपालिका वडा नम्बर ४ को दादिङ मा टावर निर्माण गरिएको भण्डै २ बर्ष भई सकेको छतर टावर सञ्चालनमा कहिले आउँछ ठ्याक्कै थाहा भने छैन ।
सम्बन्धित निकायलाई सोध्ने हो भने अब २/३ दिनमै सामान आइपुग्ने अनि टावर सुचारु हुने भन्दै सर्वसाधारण लाई झुक्याउदै आइएको छ । तर यो समस्या लाई समाधान गर्न भने कुनै पनि निकाय तत्पर देखिएको छैन । कहिलेकाही गाउँ घरमा केही घटना घट्यो भने त झन ठुलो समस्या नै उत्पन्न हुन्छ । कुनै खबर आदानप्रदान गर्न मान्छे नै घर घरमा जानुपर्ने बाध्यता छ ।

स्थानीय निर्वाचन भए लगत्तै सिस्ने सरकारले पनि गाउँ कार्यपालिका को पहिलो बैठकमा टावर सञ्चालन गर्न पहल गरिने छ भनि निर्णय नै गरिएको थियो ।
तर यो प्रक्रिया कहाँ सम्म पुग्यो स्थानीय हरुलाई थाहै छैन तर टावर को अवस्था भने जस्ताको त्यस्तै रहेको वडा नम्बर २ को स्थानीय मिलन पुन मगर ले बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |