बाढी र पहिरो प्रभावितलाई राहत
64x64
२०७९ भाद्र १६ बिहिबार प्रेसपालिका संवाददाता
184 Views

रुकुम पश्चिम १६, भदौ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । केहि दिन अघिको अविरल बर्षासङ्गै आएको बाढी र पहिरोबाट प्रभावित बनेका १८ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
नगरप्रमुख रबी केसीका अनुसार नगरपालिकाको वडानम्बर -१३ र १४ का सबै बाढी प्रभावित घरपरिवारलाई राहत वितरण गरिएको छ । बाढी र पहिरोले घरखेत बगाएका र हाल आफन्तको सहारामा बसेका १८ घरपरिवारलाई चामल, दाल, तेल , भाडाकुडा, लत्ताकपडा, त्रिपाल लगायत राहत सामग्री दिईएको छ ।

त्यस्तै नगरपालिकाले अन्य क्षतिको विवरण समेत संकलन गरिरहेकाले आवश्यक राहत तथा पुनःस्थापनाका लागि पहल गरिने बताएको छ ।

गएको १२ गते बर्षा सङ्गै आएको बाढी र पहिरोले वडानम्बर -१३ र १४ का ७ घरमा पूर्ण रुपले क्षति गरेको छ । त्यस्तै ३५ वटा घर उच्च जोखिममा रहेको नगरपालिकाको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News