
रुकुम पश्चिम १५, भदौ ।
दाङ्ग, सल्यान हुँदै रुकुम जोड्ने सडक बिस्तार भएको झन्डै दुई दशक पुग्न लाग्यो । ट्र्याक खोलेको केहि वर्ष पछि साविकको रुकुम सदरमुकाम मुसिकोट खलंगा सम्म कालोपत्र गरियो । यस अवधिमा रुकुम खण्डमा पर्ने लोकमार्ग भित्र तत्कालीन समयमा पक्की पुल निर्माण हुन सकेनन् ।
बैरागी ठाँटीमा मात्रै एउटा पुल बन्यो । तर उक्त पुल पक्की मोटरेबल पुलको रुपमा विस्तार हुन सकेन । अहिले पनि यहाँको पुल जिर्ण अवस्थामा रहेको छ । ढिलै भएपनि गत आर्थिक वर्षमा बैरागी खोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । तर संचालनमा भने अझै ढिलाइ गरिएको छ ।
त्यस्तै आम सर्वसाधारणको चासो बनेको पितिवाङ्ग खोलामा भने डेढ दशक बितिसक्दा पनि पक्की पुलको काम लथालिङ्ग अवस्थामा छ । हरेक वर्षको बर्षायाममा यो क्षेत्रमा चल्ने सवारीसाधनले दुख झेल्नुपरेको छ । स्थानीय सर्वसाधारण र यात्रुले सास्ती नै सास्ती खेप्नुपरेको छ । तर पुलको काम भने अहिलेसम्म जस्ताको तस्तै रहेको छ ।
पुल निर्माणका लागि स्थानीय सरकार, सम्बन्धित सरोकारवाला निकाय तथा सडग विभाग रमिते बनेको छ । यहाँका नागरिकलाई झुक्याउन हरेक वर्ष पुलको काम अगाडि बढाए जस्तो गरिन्छ । तर पुरानै अवस्थामा निर्माण कम्पनी बेखबर बनिदिन्छ ।
सानालाई ऐन ठूलाई चैन भएजस्तो भएको छ । जिल्लाबाट निर्वाचित सांसद पटकपटक मन्त्री भएका छन् । तर पितिवाङ्ग खोलाको बेहाल अवस्था देखेकै छैनन् । यदि देखि हाले पनि आश्वासनका गफ मात्रै दिने बानी परेका छन् । तर लोकमार्ग जस्तो मुख्य सडकमा पक्की पुल नहुनु दुस्खद हो । यता सडक डिभिजन कार्यालय चौरजहारीले भने ठेकेदार कम्पनीको लापरर्बाहीका कारण पुल निर्माण हुन नसकेको बताएको छ । पटकपटक ठेकेदार कम्पनीलाई ताकेता गरिए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरेको छ । तर पुल निर्माणका लागि भने हरेक वर्ष सम्झौता थप हुँदै आएको छ ।

कुन कम्पनीको ठेक्का रहेछ
हैन पत्रकार को हात किन कापिराको छ यो लेख्दा खेरी निर्मान कम्पनी को हो ठेक्का कतिको हो कति काम भन्यो कति बाकी छ ।। कुन कम्पनी हो सबै लेख्न पर्दैन ।। केही मिलेमतो छ कि??