
रुकुम पश्चिम १४, भदौ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा १५ शैयाको अस्पत्ताल निर्माणले तीब्रता पाएको छ । गएको वर्षदेखि सिम्ली स्वास्थ्य चौकी छोटेबगरमा निर्माणाधिन अस्पत्ततालको काम ५० प्रतिशत पूरा भएको हो ।
अस्पत्ताल विकास समितिका अध्यक्ष कर्णबीर केसीका अनुसार चारतले अस्पत्ताल भवनको हालसम्म तीनतला पूरा भईसकेको छ । बाँकी एकतला निर्माणको काम पनि केहि महीना भित्र सकेर रंगरोगन गरिने बताईएको छ ।
त्यसका लागि निर्माण कम्पनीले समेत लिफ्ट जडित अस्पत्तालको कामलाई सम्झौता अगावै सक्ने गरि चरणवद्ध रुपमा निर्माण कार्यलाई अगाडि बढाएको छ ।
