आफ्नो जन्मदिनको अवसरमा ओलीले बिद्यार्थीलाई नगद रकम प्रदान
64x64
२०७९ भाद्र १३ सोमबार प्रेसपालिका संवाददाता
161 Views

आफ्नो जन्मदिनको अवसरमा चौरजहारी नगरपालिका शिक्षा शाखा प्रमुख टिकाजङ ओलीले एक बिद्यालयमा गएर बिद्यार्थीहरुलाइ नगद रकम प्रदान गर्नु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १३ को सरसति माविमा पुगेर गरिब, विपन्न तथा जेहनदार बालबालिकालाई १५ सयका दरले ५ जनादलाई नगद रकम प्रदान गर्नु भएको थियो ।

साथै बिद्यालयमा प्रयोग हुने १ वटा मादल र सावन्ड सिस्टम पनि जन्मदिनको अवसर परि स्कुलमा पुगेर बितरण गरिएको प्रमुख ओलीले बताउनु भयो । जन्मदिनमा हुने फजुल खर्चलाई रोकेर बालबालिका तथा बिद्यालयलाई रकम र सामन प्रदान गरेको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News