सानीभेरीमा देउताखोलाले बगाउँदा एक बृद्ध वेपत्ता
64x64
२०७९ भाद्र १२ आइतबार प्रेसपालिका संवाददाता
253 Views

रुकुम पश्चिमको देउताखोलाले एक बृद्धलाई बगाएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ३ गुमाखोलाका ७० वर्षिय दलविर गुरुङलाई आइतबार बिहान करिब ११ बजेतिर देउताखोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
खोला नजिकै बाटोमा हिडिरहेका गुरुङलाई खोलामा आएको बाढीले बगाएको हो । वेपत्ताको खोजी भइरहेको बताएको छ । घरबाट वडा नम्बर ३ मा रहेको पेदी बजारमा आउँने क्रममा गाउँ नजिकैबाट खोलाले बगाएको स्थानीयले जनाएका छन् ।

खोला आसपासका घर, खेत, घट्ट समेत बगाएको स्थानीयले बताएका छन् । खोला आसपासमा साना ठूला पहिरो समेत गएका छन् । देउताखोला सानीभेरी गाउँपालिका वडा नम्बर ५ र ६ र ३ हँदै सानीभेरी नदिमा मिसिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News