
भदौ १२, रुकुम पश्चिम /आज देशभर सामान्य देखि भारी वर्षा हुने सम्भाना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाकाले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनेछ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशका केहि जिल्लामा पनि बिहानै देखि वर्षा भएको छ । रुकुम पश्चिममा समेत अहिले भारी वर्षा भैरहेको छ ।
