रुकुम(पूर्व)मा २७ वटा नाल भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा
64x64
२०७९ भाद्र ११ शनिबार प्रेसपालिका संवाददाता
216 Views

जमुना गाैतम/रुकुम(पूर्व) मा गएको बैशाख महिना यता २७ नाल भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा ल्याएको छ । २०७९ साल बैशाख महिनादेखी भदौको दोस्रो सातासम्मको अवधिमा जिल्लाको विभिन्न ठाउँबाट २७ नाल भरुवा बन्दुक नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवम् सुचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैशाख महिना यता जिल्लाको तीन वटा गाउँपालिकाको विभिन्न क्षेत्रेबाट २१ नाल सावुत र ६ नाल बेसावुत गरि जम्मा २७ नाल भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा ल्याएको हो । सिस्ने गाउँपालिकाबाट सबै भन्दा धेरै १४ नाल, भूमे गाउँपालिकाबाट १२ नाल र पुथा उत्तरगंगा गाउँपालिकाबाट एक नाल भरुवा बन्दुक नियन्त्रणमा ल्याइएको हो ।

सबै बन्दुक बेवारिसे अवस्थामा जंगल, ओढारमा राखेको अवस्थामा फेला पारी नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) बाट खटिएको विशेष प्रहरी टोलीले उक्त हतियार बरामद गरेको हो । २७ नाल भरुवा बन्दुक नियन्त्रणमा ल्याउदा मान्छे भने एक जना पनि पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News