
रामप्रशाद शर्मा /सल्यानकाे दार्मा गाउँपालिकामा कृषि , शिक्षा , स्वास्थ्य र खानेपानी तथा सरसफाइ लगाएका क्षेत्रको नीति कार्यक्रम बिश्लेसन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएकाे छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तरगत बिहिवार छलफल कार्यक्रम सम्पन्न भएको हो ।
शिक्षा , स्वास्थ्य , कृषि, पशु तथा खानेपानी सम्बन्धि नीति कार्यक्रम बारे नागरिकलाई जानकारी गराउने तथा नागरिकलाई अधिकारको बारेमा जानकारी गराउने उदेश्य सहित छलफल कार्यक्रमको आयोजना गरिएको दार्मा गाउँपालिकाले बताएकाे छ ।
सुशासनमा नागरिक सहभागीता अन्तरगत आयोजना गरिएको उक्त कार्यक्रममा बिषयगत शाखा कार्यालयका प्रमुखहरुले प्रस्तुति राखेको सामुदायिक सहजकर्ता कमला शाहिले जानकारी दिनुभयो।
कार्यक्रममा नागरिकहरुले स्थानिय सरकारबाट प्रबाह हुने सेवा तथा प्रदान गरिने सुबिधा लगाएतका बिषयमा सबैलाई जानकारी हुने गरि सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिएका थियाे ।
दार्मा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पोखर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दार्मा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर बस्नेत , बिषयगत शाखा प्रमुखहरु , सुशासनमा नागरिक सहभागीता अन्तर्गत वडा स्तरिय मुल समिती , सामुदायिक समूह सुशासनका लागि युवा मंञ्च दार्मा बिकासका लागि नागरिक समाज केन्द्र लगाएतको सहभागी रहेको थियोे ।
