
जमुना गाैतम /रुकुम पूर्व अस्पतालमा मौसमी बिरामीको चाप बढेको छ । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयता देखि रुकुमपूर्व अस्पतालमा मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । विशेषगरी सिस्ने गाउँपालिका सँगै भुमे,र पुथा उत्तरगंगा गाउँपालिकाबाट ज्वरोका बिरामी आउने गरेका छन् । यो वर्खाको समयमा विशेष गरि पानी शुद्धीकरण गरेर पिउन आग्रह गरेकाे जिल्ला अस्पतालले बताएकाे छ ।
ज्वरोका कारण स–साना बालबालिकाहरू बढी प्रभावित भए सँगै केही बिरामीमा जटिल समस्या देखिएको जिल्ला अस्पताल रुकुम पूर्वका मेडिकल अफिसर अजुन कुमार वुढा मगरले बताउनुभयो । बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालमा १०३ देखि १०४ डिग्री उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।
अस्पतालमा दैनिक ७० देखि ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोे .बुढाले बताउनुभयो ।
बिरामी अवस्थामा चिसो पानीमा नखेल्न,नझिज्न, तातोपानीले साझ विहान मुख सफा गर्न, झोलिलो खानेकुरा खान, कडा परिश्रम नगर्न, खानपान र व्यायाममा ध्यान दिन बिरामीलाई सल्लाह दिँदै आएको डा बुढाले बताउनु भयो ।
