जमुना गाैतम /रुकुम पूर्व जिल्लामा राहदानी बनाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विशेषगरि वैदेशिक रोजगारीमा जाने उदेश्यले पछिल्लो समय राहदानी बनाउनेहरूको सङ्ख्या बढ्न थालेको हो । पुरुषहरु रोजगारीका लागि खाडी मुलक जानको लागि र महिलाहरु छिटफुट रुपमा राहाधानी बनाउन आएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका अनुसार गत आर्थिक वर्षमा राहदानी बनाउनेहरूबाट मात्रै कुल ३५ लाख ५ हजार रुपैया राजस्व सङ्कलन गरेको छ । राहाधानी बनाउनको लागि निवेदकले नागरिता र राष्ट्रिय परिचयपत्र सदित व्यक्ति स्वयम राहाधानी विभागमा उपस्थित हुनुपर्छ, सिस्ने, भुमे र पुथाउत्तरगंगा गरी ३ गाउँपालिका रहेको रुकुम पूर्वमा यहि असार देखि श्रावन महिना सम्म डिजिटल माध्यमको प्रयोग भए पछि ७३० जनाले फारम भरेका छन । गत आर्थिक वर्ष ७८÷७९मा एक वर्षमा १ हजार ६४ जनालाई जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले राहाधानी वितरण गरेको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व राहाधानी विभागका कम्प्युटर अप्रेटर केसव थापाले जानकारी दिनु भयो ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जान नपाएकाहरू पछिल्लो समय वैदेशिक रोजगारीमा जान सहजता भएसँगै राहदानी बनाउने क्रम बढेको छ ।