
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार प्रहरी पोस्ट नजिकैको ठाउँमा पटक पटक चोरीको बिगबिगी बढेको छ । बागबजार देखी करिब एक सय मिटर अगाडी रहेको ठाँउमा ७ वटा घरमा चोरी भएको छ । रातमा सबै सुतेको समयमा करिब १२ ,१ बजे चोरी हुने गरेको स्थानीहरुले बताएका छन् । त्यस्तै बुधबार राति १२ बजे सुर्यकुमारी बिकको किराना पसलमा भएको समान र नगद १० हजार पैसा चोरीभएको पिडित बिकले बताउनु भयो । त्यस्तैगरि बुधबार राति मुसिकोट १ रावलबारमा रहेको भट्टराई खड्काको नगद ५० हजार ,घरमा भएको समान चोरि भएको छ ।
साथै उक्त ठाँउ गएको बर्ष २०७८ सालमा ५ वटा घरमा चोरी भएको थियो । रातकै समयमा गिता बिकको घरमा कोही नभएको मौका पारी अज्ञत ब्यक्तिले ढोकाको ताला तोडेर २ तोला सुन र १ वटा नेट चलाउनाको लागी प्रयोग हुने राउटर चोरि भयो “ सोही ठाउँका राम बहादुर बुढाथोकी र प्रशान्त पाण्डेको घरमा रहेको सोलार ,मदन परियारको डिसहोम केबेल तार रातको समयमा चोरी भएको थियो । स्थानियहरु बताउछन ,हामीले पुलिस प्रशासन धेरै पटक धायाै कुनै अनुसन्धान नभएको बताउ छन् । त्यस ठाउँ रातको समयमा जाड ,रक्सी गजडिएहरु गाजा खाएर होहल्ला गर्ने गरेको स्थानी पिडीत गिता बिकको भनाइ रहेको छ । प्रहरी भने पटक पटक अनुसन्धन गरे पनि चोर पत्ता नलागेको प्रहारी पोष्ट बागबजारले बताएको छ ।
