प्रेमशिला यादव/ सिरहा २ भदौ- पौराणिक मुल्य मान्यतामा नाम चलेका ठाउँ मध्येमा सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर ९ मा रहेका पर्यटक स्थल कमलदहमा बिगतमा निर्माण भएको किचेन अर्थात भान्सा घर जिर्न बन्दै गएका छन् ।
पर्यटन प्रबन्धनका लागी निर्माण भएका किचेन प्रयोगमा न ल्याउदा जिर्न बन्दै गएका छन् । सरसफाईमा स्थानीय सरकारको समेत ध्यानाकर्षण नरहेको स्थानीयको आरोप रहेका छन् ।
निर्माण भएका भौतिक संर्चनाहरुलाई कमलदह संरक्षण उपभोक्ता समितिको लापरबाहीका कारण निर्माण भएका भौतिक संरचनाहरु जिर्न बन्दै गएका छन्। कमलदहमा स्नान गर्दा विभिन्न किसिमका चमर रोग र भाकल गरेका मनो कान्छा पुरा हुने धार्मिक जन बिश्वास रहेका छन् ।
निकै हरयाली वातावरण रहेका उक्त ठाँउ शान्तिको अनुभुति गर्ने ठाँउ समेत रहेका छन्। लामो क्षेत्र फलमा फैलिएका दहमा देवी देउताहरु मध्ये भगवान बिष्णु र माता सरस्वतीको बास भएको कमल फुलको अकारझैँ सोही स्वरुपका फुलहरु फुलीने गरेका छन् । उक्त ठाउँलाई संरक्षण गर्ने दायित्व स्थानीय सरकार र समाजको रहेका छन् ।