आमाको ११ औं स्मृति दिवशको अवसर पुर्व मन्त्री र पूर्व नगर प्रमुखद्वारा विद्यालयलाई सहयोग
64x64
२०७९ श्रावन २९ आइतबार प्रेसपालिका संवाददाता
472 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ को आधारभुत विद्यालय लहरेसिमललाई पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र पूर्व नगरप्रमुख विशाल शर्माले आफ्नी आमा कस्तुरा ढकालको ११ औं स्मृति दिवशको अवसरमा विद्यालयलाई सहयोग तथा फूलका विरुवा र फूल रोप्न गमला सहयोग गर्नुभएको छ ।

आमाको ११ औं स्मृति दिवशको अवसर पुर्व मन्त्री र पूर्व नगर प्रमुखद्वारा विद्यालयलाई सहयोग - प्रेस पालिकाआफ्नी आमा कस्तुरा ढकालको ११ औं स्मृति दिवशको अवसर पारेर पुर्व मन्त्री तथा पुर्व नगर प्रमुखले विद्यालयमै गई गमला, फूलका विरुवा सहयोग गर्नुभएको थियाे । आमा स्मृतिमा फलफूलका विरुवा तथा गमला विद्यालयमा सहयोग गरिएको थियाे । २७ फूलका विरुवा र २७ गमला सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । कक्षा १ देखि ८ सम्मका गरीब तथा जेहेन्दार ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । उत्कृष्ट २ जना शिक्षकलाई पुरस्कृत पनि गरिएको छ । कस्तुरा ढकाल स्मृति कोषबाट यो छात्रवृत्ति र हरेक वर्ष आमाको स्मृतिमा सोही विद्यालयमा कार्यक्रम गरेर विभिन्न खालको सहयोग गर्दै आउनुभएको छ । आमाको ११ औं स्मृति दिवशको अवसर पुर्व मन्त्री र पूर्व नगर प्रमुखद्वारा विद्यालयलाई सहयोग - प्रेस पालिकास्मृति सभामा नगरप्रमुख पुष्प वादी, उपप्रमुख इश्वरीकुमार विएम, निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, नगर कार्यपालिका प्रवक्ता खुमबहादुर खड्का, लगायतको उपस्थिति रहेको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |