रुकुम पुर्बमा बराहा पुजा सम्पन्न
64x64
२०७९ श्रावन २८ शनिबार प्रेसपालिका संवाददाता
168 Views

बरम बुढामगर /२७ साउन २०७९/  रुकुम पुर्वमा जनैपूणिर्माको अवसरमा बराहा पुजा गर्ने गरिन्छ । हिजो जनैपूणिर्माको अवसरमा उक्त पूजा सम्पन्न भएको हो । पुथा उत्तरगंगा गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल रामाझिमा बराहा थान र नमछैँ गोँमा मा बराहा पुजा सम्पन्न भएको छ । हरेक वर्ष जनैपूणिर्माको दिन यहाँ धुमधामले पुजापाठ गरिन्छ । पुथा उत्तरगंगा गाउँपालिका ५ र १० नम्बर वडाको उच्च भुभाग भुर्कुटी लेकमा रहेको रामाझिमा थान र जाल्पा बुकिको नमछैँ गोँमा छिमेकी जिल्ला बाग्लुङ, रोल्पा, दाङ र रुकुम पश्चिम बाट मनोकामना पुरा गर्न पुग्छन् । हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन बास बस्न पुगेर बराह पुजा गर्छन् । स्थायी तथा अस्थाई रुपमा देशका विभिन्न ठाउँमा बस्नेहरु पुजाको समयमा फर्किएर गाउँ भरिभराउ भएको छ । धार्मिक अास्थाले जिल्ला बाहिर, भित्र तथा स्थानीयहरु बर्सेनि पुजापाठमा सरिक भएको रामाझिमा बराहक्षेत्र संरक्षणका अध्यक्ष रामजित बुढा मगरले बताउनुभयो । अरुबेला घर बाहिर बसे पनि यो समय पुजा गर्न घर फर्किन्छन् । तकसेरा र हुकाम गाउँ बाट झन्डै ६-८ घण्टा यात्रामा समुन्द्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको रामाझिमा बराहा थान र ५ हजार मिटर उचाइमा रहेको नमछैँ गोँ पुगेर भक्तजनहरुले भेडाको पाठो बलि चढाएका छन् । उहिले हाम्रो पुर्खा भेडा गोठालो बस्ने बेला रामाझिमामा ऊन पाएपछि सपनामा देवताले यो वर (प्रसाद) घर लगेर जनैपूणिर्माका दिन बराह देवताको नाममा पुजा गर्नु बनेपछि हरेक वर्ष पुजापाठ गर्ने गरेको अध्यक्ष बुढा मगरले बताउनुभयो । बाकल पूरा गर्न छिमेकी बस्ती र बाहिरी जिल्ला बाट वर्षाको झरीमा रुज्दै रामाझिमामा पुग्ने धेरै छन् । यसपालि १०० को हाराहारीमा पाठो बलि दिइएको छ । अहिले ऊनको वर पाउनेका सन्तानहरुलाई तकसेरामा साहुपरेल भनेर चिनिन्छ । रामाझिमा थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा चिनाउन रामाझिमा बराहा थान संरक्षण समिति लागि परेको छ । समितिले रामझिमा बराहा थान संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार र भक्तजनलाई उचित बासको व्यवस्था गर्ने गरेका छन् । भक्तजनहरु जनैपूणिर्माको अघिल्लो दिन बास बस्न पुगेर भोलिपल्ट पुजा गरि वर मागेर फर्किन्छन् । भाकल पुरा गर्न जानेहरु फलफुल खाएर रात बिताउने गर्दछन् । थानमा महिलाहरुलाई पुजापाठ अवधिभर प्रवेश निषेध गरिन्छ बलि चढाइसकेपछिला इनमा राखेर वर (प्रसाद) वितरण गर्ने गरेको कुरा बुढाले सुनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News