पुथाउत्तरगंगामा जनैपूणिर्माको अवसरमा पुजाको तयारीमा
64x64
२०७९ श्रावन २५ बुधबार प्रेसपालिका संवाददाता
198 Views

रुकुम पुर्व/मैत्या घर्तीमगर २५ साउन २०७९/ रुकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिकामा जनैपूणिर्माको अवसरमा पुजाको तयारीमा जुटेका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल रामाझिमा थानमा पुजा गर्न व्यवस्थापनमा लागेका छन् । हरेक वर्ष जनैपूणिर्माको दिन हुने पुजापाठको लागि बराहथान संरक्षण समिति सरसफाइ तथा तयारीमा जुटेका हुन् । पुथा उत्तरगंगा गाउँपालिका १० तकसेराको उच्च भुभाग भुर्कुटी लेकको काखमा रहेको रामाझिमा थानमा छिमेकी जिल्ला बाग्लुङ, रोल्पा, दाङ र रुकुम पश्चिम बाट मनोकामना पुरा गर्न पुग्छन् ।
हरेक वर्ष जनैपूर्णिमाको दिन बराह पुजा गरिन्छ । स्थायी तथा अस्थाई रुपमा देशका विभिन्न ठाउँमा बस्नेहरु पुजाको समयमा फर्किएर गाउँ भरिभराउ भएको छ । धार्मिक अास्थाले जिल्ला बाहिर, भित्र तथा स्थानीयहरु बर्सेनि पुजापाठमा सरिक भएको रामाझिमा बराहक्षेत्र संरक्षणका अध्यक्ष रामजित बुदा मगरले बताउनुभयो । अरुबेला घर बाहिर बसे पनि यो समय पुजा गर्न घर फर्किन्छन् । तकसेरा गाउँ बाट झन्डै ६-८ घण्टा यात्रामा समुन्द्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको रामाझिमा बराहा थान पुगेर भक्तजनहरुले भेडाको पाठो बलि चढाउने गर्छन् । उहिले हाम्रो पुर्खा भेडा गोठालो बस्ने बेला रामाझिमामा ऊन पाएपछि सपनामा देवताले यो वर (प्रसाद) घर लगेर जनैपूणिर्माका दिन बराह देवताको नाममा पुजा गर्नु बनेपछि हरेक वर्ष पुजापाठ गर्ने गरेको अध्यक्ष बुदामगरले बताउनुभयो । बाकल पूरा गर्न छिमेकी बस्ती र बाहिरी जिल्ला बाट वर्षाको झरीमा रुज्दै रामाझिमामा पुग्ने धेरै छन् । अहिले ऊनको वर पाउनेका सन्तानहरुलाई तकसेरामा साहुपरेल भनेर चिनिन्छ । रामाझिमा थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा चिनाउन रामाझिमा बराहा थान संरक्षण समिति लागि परेको छ । समितिले रामझिमा बराहा थान संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार र भक्तजनलाई उचित बासको व्यवस्था गर्ने गरेका छन् । भक्तजनहरु जनैपूणिर्माको अघिल्लो दिन बास बस्न पुगेर भोलिपल्ट पुजा गरि वर मागेर फर्किन्छन् । भाकल पुरा गर्न जानेहरु फलफुल खाएर रात बिताउने गर्दछन् । थानमा महिलाहरुलाई पुजापाठ अवधिभर प्रवेश निषेध गरिन्छ बलि चढाइसकेपछि लाइनमा राखेर वर (प्रसाद) वितरण गर्ने गरेको बुढाले सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |