
रामप्रसाद शर्मा / दार्मा गाउँपालिका सल्यानमा सामुदायिक सस्थाहरुको संजाल गठन गरिएको छ। सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तरगत संजाल गठन गरिएको हो ।
पालिकामा संजाल गठन संगै सामुदायिक सस्थाका सदस्यहरुलाई अभिमुखिकरण समेत गरिएको दार्मा गाउँपालिका सामुदायिक सहजकर्ता कमला शाहीले जानकारी दिनुभयो ।
दार्मा गाउँपालिकाको सहिद स्मृति सभाहलमा संचालित कार्यक्रम बाट अतिराम ओलिको अध्यक्षतामा १३ सदस्यीय पालिका स्तरीय समुदायमा आधारित सामुदायिक समुहको संजाल गठन गरिएको हो ।
जसको उपाध्यक्षमा देबिका बोहरा , सचीव हिमा शर्मा , सहसचिव निर्मला दमाई र कोषाध्यक्षमा उषा चन्द रहनु भएको छ ।
दार्मा गाउँपालिकाका ६ वटै वडामा रहेका मुल समिति बाट संजाल गठन गरिएको हो ।
कार्यक्रममा सहभागी जेष्ठ सदस्य रामचन्द्र शर्माको अध्यक्षता रहेको कार्यक्रममा दार्मा गाउपालिका सल्यानको उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष जुना मल्ल चन्दको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि जुना मल्ल चन्द ले नब गठित समितिलाई सफल कार्यकालको शुभकामना दिदै समाज रुपान्तरणमा यस्था समिति , समुहहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।
समाजमा रहेका हरेक ब्यक्तिको नेतृत्वको बिकास पनि यस्तै समूह , समिती मार्फत हुने बताउदै यसलाइ समुदायमा व्यापक गराउनु पर्नेमा जोड दिनु भयो ।
