दार्मामा बिपद जोखिम ब्यबस्थापन अभिवृद्धिको लागि २ दिने तालिम सम्पन्न
64x64
२०७९ श्रावन २३ सोमबार प्रेसपालिका संवाददाता
156 Views

रामप्रसाद शर्मा /गाउँपालिका सल्यानमा बिपद जोखिम ब्यबस्थापन स्थानीयकरण निर्देशिका स्थानीय सरकारहरुको क्षमता अभिवृद्धिको लागि २ दिने तालिम सम्पन्न भएको छ ।
दार्मा गाउपालिका सल्यानको सहिद स्मृति सभाहलमा संचालित २ दिने क्षमता अभिवृद्धि तालिममा दार्मा गाउँपालिका ६ वटै वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु र गाउँपालिका अन्तरगतका साखा प्रमुख ज्यु हरुको सहभागीता रहेको थियो ।
दार्मामा बिपद जोखिम ब्यबस्थापन अभिवृद्धिको लागि २ दिने तालिम सम्पन्न - प्रेस पालिकासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा युएसए आइडि र आप्रवास संगठन को संयुक्त लगानीमा आयोजित विपत जोखिम ब्यबस्थापन स्थानीयकरङ निर्देशिका सम्बन्धि २ दिने प्रशिक्षण तालिम सम्पन्न गरिएको छ।
बिपद जोखिम ब्यबस्थापन लाई स्थानीयकरङ गर्नु र बिपद जोखिम ब्यबस्थापन ऐन निर्माण गर्नु एस तालिमको उदेश्य रहेको छ ।
जिल्ला समन्वय समितिको प्रमुख अधिकृत श्री निम बहादुर ओलि र कृष्ण कुमारी वाग्ले ले तालिमको सहजीकरण गर्नु भएको थियो ।
दार्मा गाउँपालिका सल्यानको उपाध्यक्ष जुना मल्ल चन्द को प्रमुख आतिथ्यतामा साथै अन्य अतिथिहरुकाे उपस्थितिमा तालिम सम्पन्न गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News