त्रिवेणीमाअरिंगालको टोकाईबाट एक जनाको मृत्यु
64x64
२०७९ श्रावन २२ आइतबार प्रेसपालिका संवाददाता
382 Views

रुकुम पश्चिम त्रिवेणी गाउपालिका वडा नम्बर १ मा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । ४० वर्षिय सुवर्ण सुनारको मृत्यु भएको हो । तीन दिन अगाडी अरिंगालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको हो । साथीहरुसंग सल्यानको वाफुखोलामा अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेका थिए ।
झुल्नेटामा रहेको नीजि स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजादै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिनुभयो । उहाँ एक समय जिल्लाको चर्चित भलिबल खेलाडी समेत हुनुहुन्थ्यो । सुनार हाल त्रिवेणी गाउँपालिकामा कर संकलकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News