छबिलाल बिष्ट /सानीभेरी गाउँपालिका वडा नम्बर ३ काे रहेकाे देउताखाेला स्थानिय लघु बिद्युत अबरुद्ध भएको छ । ५ महिना बिती सक्दा पनी उक्त वडामा अझै बिजुली बल्न सकेको छैन । बिजुली बत्ती नबल्दा त्यस क्षेत्रका स्थानीयहरु ५ महिना देखी अध्यारोमा बस्न बाध्य भएका छन् । देउताखोला स्थानीय लघु विद्युतको मर्मत संभार नहुँदा वडा नम्बर ३ का स्थानीयहरु अध्यरोमा बस्न बाध्य भएका हुन् ।
पटक पटक डाइनामो बिग्रीनु नहर मर्मत संभार हुन नसक्नु र काठका पोलहरु भाचिएर पोलहरु फेर्न नसकेपछी देउताखाेला स्थानीय जलविधुत समीतीले संचालनमा ल्याउने कुनै सम्भावनाकाे देखिएको छैन । उक्त बिद्युत लामो समय सम्म पनि मर्मत नहुनु र केन्द्रीय लाईनको लागी पनी स्थानिय सरकारले चासो नदेखाउनुनै दुखद पक्ष भएको स्थानियकाे भनाई छ । समितीले बिद्युत मर्मत नगर्ने भएपछी समस्या निम्तिएको स्थानीय टेक बहादुर नकालकाे भनाइ छ । वडा नम्बर ३ को खाराखाली , डाडाखाली ,मसारी, अध्याचौर, गरायलागाउ,घोर्लास,गुमुखोला,स्याला, लगायतका टोलमा करीब ४०० सय घरधुरीले बिजुली बाल्न बाट बन्चित भएका छन् । स्थानियहरुले बिजुलीकाे भरमा अध्यारोमा खाना बनाउने र मोबाइल चार्ज ,टिभी हेर्न नपाएको वडा बासिले गुनासो गर्नु भएकाे छ । स्थानिय सरकारले नागरिकलाई प्रभावकारी बिजुली सेवा नदिए पछि वडा बासि चिन्तित भएका छन । केन्द्रिय लाइन जडान नगर्नु , यश अघिकाे स्थानीय सरकारले चासो नदीनु र वडा कार्यालय बाट पटक पटक नागरीकहरुले गुनासो राख्दा पनी वडा सरकारले ध्यान नदिएकाे स्थानिय चन्द्र बहादुर नकालकाे भनाई रहेको छ ।
समस्या हरु धेरै छ तर स्थानीय ले आबश्यक समस्या भन्नू पर्ने टिभी हेर्न नपाएको गुनासो आएछ यार 😂😂😂