त्रिवेणी गाउँपालिका एक बिधालयमा एकै दिन ७ जना विद्यार्थी काेराेण संक्रमित
64x64
२०७९ श्रावन १८ बुधबार प्रेसपालिका संवाददाता
510 Views

रूकुम पश्चिम त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित युवा जनजागरण माध्यामिक विद्यालय झुल्नेटामा ७ जना विद्यार्थीहरुमा कोरोना भाइरस संक्रमित देखिएकाे छ ।  दुई दिन देखि निरन्तर रुपमा विद्यार्थीहरु बेहोस भएर ढल्ने , रुघाखोकी , ज्वरो आउने जस्ता विभिन्न समस्या देखिएकाे छ । आज त्रिवेणी गाउँपालिका अस्पतालबाट डाक्टर सहित स्वास्थ्यकर्मीको टोली गएर परीक्षण गर्दा ७ जना विद्यार्थीहरुमा कोरोना भाइरस संक्रमित देखिएकाे हाे । कोराणा काे संक्रमण देखिएको हुँदा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार श्रावण १९ देखी श्रावण २८ गते सम्म विद्यालयको पठनपाठन बन्द गरिएको  बिधालयले जानकारी दिएकाे छ । साथै बिधालयले सबै  विद्यार्थीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेेकाे छ ।

रुकुममा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्वर ३ मा रहेको युवा जनजागरण माध्यामि बिद्यालयमा विद्यार्थिहरुलाई कोरोना भाईरस पुष्टि भएको छ । कोरोनाका लक्षणसंग मिल्ला जुल्ला लक्षण देखिएका बिद्यार्थिलाई एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० जना विद्यार्थि विरामि परे पछि बिद्यालयमै गाउँपालिका स्वास्थ्य शाखाको टोलीले ति २० जना विद्यार्थिको कोरोना चेक गर्दा ७ जना बिद्यार्थिलाई कोरोना संक्रमण पुष्टि भएको प्रधानाध्यापक कृष्ण खड्काले जानकारी दिनुभयो । बिद्याँर्थिमा कोरोना सक्रमण पुष्टि भए पछि यहि साउन २९ गते सम्म विद्यालय बन्द गरिएको छ । विद्यार्थि बेहोस हुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखिए पछि कोरोना चेक गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा पनि कारोना संक्रमितको सख्या पनि बढ्दै गएको छ । जिल्ला अस्पतालमा दैनि कोरोनाका विरामि थपिदै गएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News