कमलदहमा डुबेर एक जनाको मृत्यु
64x64
२०७९ श्रावन ०७ शनिबार प्रेसपालिका संवाददाता
630 Views

रुकुम पूर्व / रुकुम पूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षिय गोपाल बि क को मृत्यु भएको हो ।
शनिबार दिउँसो १२ बजे दहमा पौडी खेल्न गएका विकको कमल फुल टिप्ने बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपि) प्रकाश डाँगीले जानकारी दिनुभयो ।
विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुय्राए लगत्तै अस्पतालले मृत घोषणा गरेको डिएसपि डाँगीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News