भगवानपुर गाउँपालिकाको २ को कार्यालय बन्द सेवाग्राहीलाई सास्ती
64x64
२०७९ श्रावन ०३ मंगलबार प्रेसपालिका संवाददाता
259 Views

महेश सिंह सिरहा लहान ३ श्रावण – सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ मा सार्बजनिक बिदाको दिन बाहेक पनि वडा कार्यालय बन्द रहेको स्थानीय श्रवण कुमार पासवानले बताए।

मंगलबार पत्रकारहरुको टोलिले चाडके रिपोर्टिङमा जादा वडा कार्यालयको अगाडि सेवा ग्राहीहरु काम गराउन बिहानै १० बजे देखि भिड लागेको छ्। दिउँसो १ बजेको सम्म कार्यालय नखुलेको सेवाग्राहीको गुनासो रहेको छ।
वडा सचिब बिनोद कुमार यादव र वाडा अध्यक्ष सुर्य नारायण यादव समेत कार्यालयमा नरहेको स्थानीयले बताए।

सरकारी सेवा सुबिधा खाने कर्मचारी समेत कर्यालयमा उपस्थिति नरहेको र १ बजे सम्म पुर्ण रूपमा वडा कार्यालय बन्द रहेको थियो। दर्जनौं सेवा ग्राहीहरु काम गराउन वाडा कार्यालयमा अगाडि कुरर बसेका थिए।जनप्रतिनिधि र कर्मचारीहरुले सेवा ग्राहीहरुलाई दुख दिने काम मात्र गरेको स्थानीयले बताए।

वडा अध्यक्ष सुर्य नारायण यादव नेपाल सरकारको पुर्व अबकास प्रहरी निरीक्षक समेत रहनु भएको हो। यस्तो अवस्था रहियो भने नेपालमा समृद्ध र बिकास गर्न कठिन रहेको बताए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News