वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानलेका अनुसार वर्षातका कारण उक्त स्थानमा चार ठाँउमा ठूलो पहिरो गएको बताए । सोमबार रातिदेखि नै पहिरो हटाउन प्रयास भए पनि पुनः पहिरो खस्दा कठिनाइ भइरहेको उनको भनाइ छ । अहिले दुई वटा डोजर लगाएर पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको प्रहरीको भनाइ छ ।