रूकुम (पश्चिम) चौरजहारी नगरपालिका वडा नम्बर १२ काे विउरेनी,पोखरी, मैन्यारि, सिंचाई कुलो निर्माणको काम सम्पन्न भएको छ । गत सोमबार कुलो निर्माणकाे काम सम्पन्न भएको हो । वडाका पोखरी , मैन्यारी , थग्लेनी टोललाई लक्षित गर्दै पक्कि कुलो निर्माण गरिएको हाे । उक्त कुलो निर्माण रोजगार उपभोक्ता समिति मार्फत सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०७८ /७९ काे प्रधानमन्त्री रोजगार कार्यक्रमकाे ३ लाख र चौरजहारी नगरपालिकाकाे १ लाख ५० हजार रुपैयाँबाट २ सय मिटर कुलो निर्माण गरिएको कुलो निर्माण रोजगार उपभोक्ता समिति अध्यक्ष भीम बहादुर खत्रीले जानकारी दिनु भयो ।
पक्की कुलो निर्माण भए पछि अब प्रसस्त तरकारी वारिमा सिचाइ गर्न पुग्ने,भएकाले उत्पादनमा वृद्धि हुने भन्दै स्थानियहरु खुसी भएका छन् ।