रुकुम पश्चिमको चाैरजहारी नगरपालिका वडा नम्बर ११ को जनकल्याण माध्यमिक बिद्यालय जाेगीनेटामा अभिभावक भेला सम्पन्न भएको छ । भेलाले बिद्यालय व्यवस्थापन समितिको नँया कार्यसमिति चयन गरेको हो ।
दिल बहादुर ओलीको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरुमा यक बहादुर खत्री ,महिला सदस्य बिमला केसी ओली, महिला सदस्य रुपा परिवार, चन्द्रकला खत्री, पदेन सदस्य केवल ओली लाई बैठकले चयन गरेकाे छ ।
त्यस्तै शिक्षक बाट सदस्य सचिव बलजीत ओली ,शिक्षक प्रतिनिधि यक बहादुर ओली , सदस्य राम बहादुर खत्रीलाई मनोनीत गरेकाे बताएको छ । भेलामा जनप्रतिनिधि, बिभिन्न पार्टी प्रतिनिधि, अभिभावक शिक्षक लगाएतको ऊपस्थिति रहेको त्यहाँ बाट दिल बहादुर ओलीले बताएका छन् ।
